image
image

विना ब्याज कर्जा प्रवाह गर्दै नेपाल बैंक, प्रति व्यक्ति ३ लाखका दरले दिने

काठमाडौँ ४ चैत । नेपाल बैंकले विना ब्याज कर्जा प्रवाह गर्ने भएको छ । बैंकले ३०० जना युवालाई विना ब्याज प्रति व्यक्ति ३ लाखका दरले व्यवसायिक कर्जा दिने भएको हो । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले यस्तो कर्जा दिने भएको हो ।

मंगलबार बैंक र नगरपालिकाबीच कर्जा प्रवाहको सहमति पछि  तालिमप्राप्त ३०० जनालाई नगरपालिकाको जमानीमा बैंकले विना ब्याज कर्जा प्रवाह गर्न लागेको हो  त्यस्तै चैत ३ देखि ०९ गतेसम्म ७ दिन ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता (जीवाईबी/एसवाईबी)’तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।

सो तालिममा १० समूहमा ३७० जना नगरवासी युवाहरुको सहभागिता रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।  यता,कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकका डिपुटी सिइओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए बैंकले त्यस्तो प्रस्तावना हेरेर लगानी गर्ने बताएका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।