image
image

व्यवसायिक माछापालनबाट किसानलाई १० करोड आम्दानी 

काठमाडौँ। व्यवसायिक माछापालन गरेर सुदुपश्चिम प्रदेशका किसानले १० करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । 

व्यवसायीक माछापालनका लागि प्रदेश सरकारले ९० हेक्टर क्षेत्रफलमा पोखरी निर्माणका लागि बजेट विनियोजन गरेपछि १२६ ओटा मत्स्य व्यवसायमा संलग्न किसान लाभान्वित भएका हुन् ।

प्रदेशभित्र रहेका प्राकृतिक तालतलैया, जलाशय र चिसो पानीमा व्यवसायीक माछापालनको सम्भाव्यता अध्ययन तथा व्यवसायीक रेन्बो ट्राउट माछापालन सम्भायता अध्ययन गरेर पहाडी जिल्ला डोटीको जोराय र सायल गाउँपालिका, दार्चुलाको मार्मा गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाभित्र रेन्बो ट्राउट माछापालन शुरु गरिएको प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ ।

सरकारी स्वामित्वको प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र गेटा कैलालीबाट ह्याचिङ्ग, फ्राई, फिंगरलिङ्ग र खानेमाछा गरी ५ करोड ९७ लाख ७ हजार ८२९ गोटा माछा विक्री गरेर केन्द्रले ६० लाख १४ हजार ४६ रुपैयाँ राजस्ववापत रकम संकलन गरेको मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले बताए । 

मत्स्य विकास केन्द्रले विक्री गरेका माछाको गोटा खरिद गरेर प्रदेशका किसानले १० करोड वरावरको आम्दानी गरेको उनले बताए । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।