image
image

घट्यो मूल्य वृद्धि

काठमाडौँ ४ चैत- केहि महिना देखि बढ्दै आएको  समग्र खाद्य तथा गैर–खाद्य वस्तुहरुको मूल्य वृद्धि घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिना (माघ) सम्मको वर्तमान आर्थिक अवस्थाले मुलुकमा मूल्य वृद्धि घटेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार यस अवधीमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । त्यस्तै,निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ । बैंकका अनुसार माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो ।त्यस्तै यस अवधिमा  खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।

गत वर्षको माघको तुलनामा यस वर्षको माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।यस अवधीमा सबैभन्दा बढी मूल्य वृद्धि पहाडमा भएको छ । यस अवधीमा पहाडी क्षेत्रमा ३.३० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबैभन्दा कम मूल्य वृद्धि हिमाली क्षेत्रमा रहेको छ । यस क्षेत्रमा २.०५ प्रतिशतले भएको छ ।

माघमा महिना वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।