image
image

​​तेस्रो घण्टामा १.४५ % ले बढ्यो बजार

काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३४ दशमलव ६५ अंकले बढेर २ हजार ४२६ दशमलव ३९ विन्दुमा पुगेको छ । 

१ दशमलव ४५ प्रतिशतले बढेको बजारमा २१२ ओटा कम्पनीको रू. २ अर्ब ३३ करोड २१ लाख ३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये होटल्स तथा पर्यटनको समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९ प्रतिशतले बढेको हो । 

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ४९ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५३० मा रू. १४ करोड ६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
Image Not Found
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।