image
image

वैशाखबाट लुम्बिनीमा पर्यटकका लागि नयाँ शुल्क लागू हुने, स्वदेशी र विदेशीले कति तिर्नुपर्छ ?

काठमाडौँ ४ चैत- अब लुम्बिनी जाने पर्यटकका लागि नँया शुल्क निर्धारण हुने भएको छ । लुम्बिनी विकास कोषले सूचना जारी गर्दै आउँदो वैशाख १ गतेबाट लागू हुने गरी नयाँ शुल्क निर्धारण गरेको हो। कोषले आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ संरक्षण तथा सेवा शुल्क, क्यामेरा शुल्क, भिडियो क्यामेरा शुल्क र छायांकन शुल्क निर्धारण गरेको छ।   

अब नेपाली नागरिकले लुम्बिनी क्षेत्र भ्रमण गर्दा संरक्षण तथा सेवा शुल्कबापत ५० रुपैयाँ, क्यामेरा शुल्क १०० रुपैयाँ, भिडियो क्यामेरा शुल्क १ हजार रुपैयाँ र छायांकन शुल्कबापत १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। नेपाली विद्यार्थीका लागि भने संरक्षण तथा सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था कोषले गरेको छ।  भिक्षु, भिक्षुणी, ज्येष्ठ नागरिक (७० वर्षमाथि) तथा १० वर्षमुनिका स्वदेशी तथा विदेशीहरुलाई भने शुल्क नलाग्ने कोषले स्पष्ट पारेको छ।

यसैगरी छिमेकी मुलुक भारतबाट आउने पर्यटकका लागि संरक्षण तथा सेवा शुल्कबापत १०० रुपैयाँ, क्यामेरा शुल्क १०० रुपैयाँ, भिडियो क्यामेरा शुल्क १ हजार रुपैयाँ र छायांकन शुल्कबापत ७०० डलर निर्धारण गरिएको छ। भारतीय विद्यार्थीका लागि पनि संरक्षण तथा सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था कोषले गरेको छ।

सार्क राष्ट्रका अन्य मुलुकहरुबा आउने पर्यटकले भने संरक्षण तथा सेवा शुल्कबापत ३०० रुपैयाँ, क्यामेरा शुल्क ३ डलर रुपैयाँ, भिडियो क्यामेरा शुल्क २५ डलर र छायांकन शुल्कबापत ७०० डलर रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै तेस्रो मुलुकबाट आउने पर्यटकहरुले संरक्षण तथा सेवा शुल्कबापत ६०० रुपैयाँ, क्यामेरा शुल्क ३ डलर, भिडियो क्यामेरा शुल्क २५ डलर र छायांकन शुल्कबापत ७०० डलर तिर्नुपर्ने कोषले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।