चैत १५ देखि बढी भार बोक्ने सवारी साधनलाई कारवाही गरिने
काठमाडौँ ४ चैत । अब तोकिएको भन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको छ।
चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ। मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्दिशिका २०७४ अनुसार कारवाही हुने सूचनामा उल्लेख छ ।