image
image

कालिमाटीमा अब किसानका लागि छुट्टै स्टल 

काठमाडौँ । किसानले उत्पादन  गरेको तरकारीले बजार नपाएको र  तरकारी बजारमा बिचौलिया हावी भएको भन्ने गुनासो बढिरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानका लागि छुट्टै स्टल राख्ने व्यवस्था गरेको छ ।

केही दिनअघि कालीमाटी तरकारी बजारको अनुगमन गर्न गएकी कृषिमन्त्री पद्मा किसानका लागि छुट्टै स्टलको व्यवस्था गर्न निर्देशन दिएकी हुन् । सोही निर्देशनअनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति बोर्डको मङ्गलबार बसेको बैठकले किसानका लागि छुट्टै १२ वटा स्टल राख्ने निर्णय गरेको हो ।

यससँगै अब किसानले आफूले उत्पादन गर्ने तरकारी तथा फलफूल सीधै स्टलमा राखेर बेच्न पाउने छन् ।  यसअघि व्यपारीहरूले किसानबाट तरकारी खरिद गरी सो बजारको स्टलबाट बिक्री वितरण गर्दै आएका थिए । अब एक जना किसानले २० घण्टाका लागि सो स्टल प्रयोग गर्न पाउने छन् । यदि कुनै किसानले आफ्नो तरकारी बेचिसकेर स्टल खाली भए अर्को किसानले पनि प्रयोग गर्न पाउने व्यवस्था समेत गरिएको छ। यस व्यवस्था अनुसार एउटा किसानले कम्तीमा दैनिक पाँच केजी तरकारी पोको पारेर बेच्न पाउने छन । 

स्टल प्रयोग गरेबापत किसानले प्रतिकेजी २० पैसाको दरले दैनिक भाडा तिर्नुपर्ने व्यवस्था समितिले गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।