आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?
काठमाडौँ ४ चैत। हप्ताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको थियो, तर आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
हिजो ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपियाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुनको मूल्य ८६ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य :
सुनको मूल्य स्थिर रहँदा निरन्तर बढेको चाँदीको मूल्य आज घटेको छ । हिजो तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।