image
image

भारतमा २ हजार रुपैंयाको नोट छाप्न बन्द 

एजेन्सी। भारत सरकारले २ हजार दरको कागजी नोट छाप्न बन्द गरेको छ। केन्द्र सरकारले कालोधन नियन्त्रण गर्न तथा यस्तो रकम जम्मा गर्न नसकुन भन्ने उदेश्यले यस्तो निर्णय गरेको हो। 

वित्त राज्‍यमन्त्री अनुराग सिंह ठाकुरले सोमवार लोकसभामा पछिल्लो दुई वर्षदेखि २ हजार दरको  कागजी नोट छपाइ गर्न बन्द भएको बताए । उनका अनुसार सन् २०१८ को मार्च ३० सम्म ३ अर्ब ३६ करोड २० करोड छपाई गरिएको थियो भने सन् २०२१ को फेब्रुअरी २६ सम्म २ अर्ब ४९ करोड ९० लाख छपाई गरिएको थियो ।

सरकारको निर्देशन अनुरुप रिजर्भ बैंक अफ इन्डियाले त्यसयता पुनः उक्त मुद्रा छाप्नेबारे कुनै निर्णय गरेको छैन । इकोनोमिक टाइम्सका अनुसार रिजर्भ बैंक अफ इन्डियाले सन्  २०१६ मा उक्त दरको कागजी नोट पहिलो पटक छाप्न शुरु गरेको थियो ।

सरकारले  कालोधन  रोक्न तथा नक्कली नोट छपाईमा प्रतिवन्ध लगाउने उद्धेष्यले ५०० र १ हजार दरको भारतीय रुपैंयामा प्रतिवन्ध लगाएको थियो । तर पछि पुन : केन्द्रीय बैंकले ५०० भारुको नोट छापेर बजारमा पठाएको थियो । हाल भारतमा १०, २०, ५०, १०० र २०० भारतीय रुपये प्रचलनमा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।