image
image

ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थाल्यो चिनियाँ सामग्री 

काठमाडौँ। उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ । 

नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

गोदाम र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ । अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए।

गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पुर्याएका सामग्री भन्सार हातामा आएका थिए । आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेकाे छैन ।


हाल आयात भएका सामग्रीहरूमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत विविध सामग्री छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।