image
image

कोरिया जाने कामदारबाट चर्को हवाई भाँडा लिएको विषयमा ध्यानाकर्षण; मन्त्री किराती

काठमाडौँ, ३, फागुन । कोरिया जाने कामदारको चर्को हवाई भाँडा लिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ध्यानाकर्षण भएको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले दक्षिण कोरिया जाने श्रमिकलाई १ लाख ६० हजार रुपैयाँ हवाई भाँडा लिएपछि बुधबार मन्त्री किरातीलाई भेटेर ध्यानाकर्षण गराएका हुन 

आफूलाई कोरिया जाने श्रमिकका विषयमा धेरै जानकारी नभएपनि यो ज्ञापनपत्रले ध्यानाकर्षण गराएको बताए । ‘मैले तपाईँको ज्ञापनपत्रलाई गम्भीर रुपमा लिएको छु । कोरिया जाने श्रमिक कुनै हालतमा ठगिनु हुन्न । आफ्नो तर्फबाट हरहालतमा सम्बोधन गर्न तयार छ’ किरातीले भने । 

कोरिया जान एकतर्फी रुपमा ७० हजारभन्दा बढी नलाग्ने भएपनि सिण्डिकेट लादेर एक लाख ६० हजार लिने गरेपछि मन्त्रीलाई सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको हो । 

कोरिया जाने श्रमिकहरू राहदानी बनाउँदा, कोरियान भाषा पास गर्न, मेडिकल जाँच र हवाई भाँडामा समेत चर्को शुल्क तिर्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्री किरातीलाई ध्यानाकषर्ण गराउन पार्टी केन्द्रीय सदस्य एवम् प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, प्रवास समन्वय समितिका मनऋषि धिताल, इन्द्रमणि भट्टराई लगायत सहभागी भएका थिए ।

ss

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।