image
image

कारोबारको पहिलो दिन ग्रीन लाइफ हाइड्रोको शेयरमूल्य सर्वाधिक बढ्यो

काठमाडौं २ चैत । आज (मंगललबार)देखि कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेका अनुसार कारोबार शुरु भएकै दिन यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको हो । 

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले  प्रतिकित्ता ९९ दशमलव ६७ देखि २९९ दशमलव ०१ रुपैयाँको मूल्य रेञ्ज तोकेको थियो । प्रि ओपनिङ सेसनमा पहिलो कारोबार २९९ मा भएपछि नियमित सेसनमा सोही मूल्यबाट शेयर कारोबार खुला भएको हो ।   

त्यस्तै, केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा पनि आज सामान्य सुधार देखिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।