image
image

एलसीसीआई ग्लोबलको तालिम कार्यक्रम ढाकामा विस्तार 

काठमाडौँ। एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सका व्यवसायिक तालिम कार्यक्रमहरु ढाकामा पनि विस्तार गरिएको छ । बिगत लामोसमयदेखि हस्पिटालिटी म्यानेजमेन्ट तथा कुलिनरी आर्ट्स जस्ता बिषयहरुमा अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गरि देशविदेशमा उच्च स्तरको तालिम कार्यक्रमहरु संचालन गर्दै आइरहेको एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले आफ्नो व्यवसायिक तालिम कार्यक्रमहरु बंगालदेशको राजधानी ढाकामा विस्तार गरेको हो ।

यसले ढाकास्थित इन्टरनेशनल कुलिनरी इन्सिच्युट नामको संस्थामा एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सको पाठ्यक्रमको 'डिप्लोमा इन ग्लोबल कुलिनरी आर्ट्स' बिषयमा अध्यनरत बिद्यार्थीहरुको फर्स्ट ब्याचको तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ। 

सोहि कार्यक्रम अन्तर्गत यस संस्थाले १४ मार्च २०२१ मा स्नातक समाहरोह (ग्रयाजुएशन सेरेमनी) आयोजना गरेको थियो । जसमा संस्थाको विद्यार्थीहरुको पहिलो ब्याचको प्रमाणपत्र वितरण, सेकेन्ड ब्याचको इभ्यालुएशल र थर्ड ब्याचलाई स्वागत गरिएको थियो।  कार्यक्रम बंगलादेशका लागि नेपाली राजदुत डा बंशीधर मिश्रको उपस्थितिमा सम्पन्न भएको हो। 

एलसीसीआई ग्लोबल क्वालिफिकेसन्स जस्तो भर्खरै स्थापना भएको संस्थाले छोटो समयमा नै आफुले विकास गरेको व्यवसायिक तालिम सम्बन्धि पाठ्यक्रमबारे विदेशी संस्थाहरुलाई विश्वास दिलाउन सफल भएको छ। यसका साथै यस्ता कार्यले  थोरै भए पनि विदेशी मुद्रा देशमा भित्र्याउन सहयोग गरेको छ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।