कानुनी समस्याका कारण सञ्चालनमा आउन सकेन रेल सेवा
काठमाडौँ ३ चैत। कानुनी समस्याको कारण नेपाल भित्रिएको छ महिना बितिसक्दा पनि जनकपुर–जयनगर रेल सेवा सञ्चालन आउन सकेको छैन । रेल सञ्चालनसम्बन्धी विधेयक संसदमा विचाराधीन रहेका कारण रेल सेवा संचालनमा आउन नसकेको हो । रेल अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।
कानुन अभावकै कारण नेपाल र भारतबीच चल्ने अन्तरदेशीय रेल सेवा सञ्चालन आरम्भ हुन नसकेको भनिएपनि रेल सेवा सञ्चालन गर्न भारत सरकारबाट निर्माण भएका संरचना नेपाल सरकारलाई हस्तान्तरण हुन बाँकी छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपककुमार भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालन गर्न आवश्यक ऐन कानुनको अभाव नै मुख्य बाधक रहेको बताउनुभयो ।
त्यस्तै नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुन निर्माणबाहेक अब अरू कुनै काम बाँकी नरहेको स्पष्ट पार्दै संसद्को नियमित प्रक्रियाबाट विधेयक पारित हुने देखिएको बताउनुभयो । तत्काल आवश्यक १७५ नेपाली र २६ भारतीय कर्मचारीको व्यवस्थापन भइसकेको उहाँले बताउनुभयो ।