पेट्रोल चोरेको आरोपमा ट्याङकर चालकसहित २ जना पक्राउ
काठमाडौँ । पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको अभियोगमा ट्याङकर चालकसहित २ जना पक्राउ परेका छन् ।
प्रक्राउ पर्नेमा पेट्रोलियम ट्याङकरका चालक भारत अररिया मिरगन्ज बस्ने २६ वर्षीय मोहमद सजाद र सोही ठाउँ बस्ने २१ वर्षीय ईमरोज आलम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
विराटनगर महानगरपालिका ४ कन्चनबारीस्थित नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालयमा गत शनिबार उनीहरूले उक्त नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानून विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइने भएको छ ।