नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। नेपाल हाइड्रो डेभलपर्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार नेपाल हाइड्रोको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३२५ रुपैयाँ तोकिएको छ।
यता, महालक्ष्मी विकास बैंकको यस दिन ८.८० प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य २६९ रुपैयाँ कायम भएको छ।