image
image

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

काठमाडौं ३ चैत । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको  सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरुको सरुवा गरेका हुन् । गभर्नरले तोकेको नयाँ कार्यविभाजन अनुसार हाल बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको रिक्त ठाउँमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई लगिएको छ । 

त्यस्तै, हाल विकास बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा  वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सरुवा गरिएको छ । 

बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यलाई राष्ट्रऋण व्यवस्थापन विभागमा पठाइएको छ । डा. नीलम ढुंगाना डेपुटी गभर्नर भएपछि यो विभाग कार्यकारी निर्देशकविहिन थियो । शाक्यलाई राष्ट्रऋणमा पठाएसँगै रिक्त भएको बैंकिङ विभागमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई पठाइएको छ । 

त्यस्तै, सम्पत्ति सेवा विभागमा रहेका सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ । लघुवित्त सुरपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारका रुपमा काजमा अर्थ मन्त्रालयमा खटिएका उनलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको हो । 

अहिले जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई विदेशी विनिमय विभागमा पठाइएको छ । बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएसँगै यो विभाग रिक्त थियो । सोही विभागमा निर्देशक रहेका तुल्सीप्रसाद घिमिरेलाई कामु कार्यकारी निर्देशक बनाएर जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । 

उता, रामबहादुर मानन्धर बैंकिङ विभागमा सरुवा भएपछि खाली रहेको संस्थागत योजना विभागमा हाल मुद्रा व्यवस्थापन विभाग निर्देशक रहेका दयाराम शर्मा पंगेनीलाई पठाएर कामु मुकरर गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।