सगरमाथा आरोहण गर्न बहराइनका राजपरिवार सहितको टोली नेपालमा
काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएका छन् । उक्त टोली सोमबार नेपाल आएको हो ।
टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जनाएको छ। टोलीको गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्ने कार्यक्रम छ ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिएको छ ।
उक्त टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमालको सफल आरोहण गरेको थियो।