आज पनि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौँ ३ चैत । चैत महिनाको पहिलो दिन आइतबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य हिजो र आज मंगलबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार ८६ हजार ६ सय रुपैयामा कारोबार भएको छापवाला सुन हिजो जस्तै आज ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन ८६ हजार १ सय ५० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य :
सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने उकालो लाग्ने क्रममा छ ।हिजो तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।