एक हल गोरु पाल्ने किसानलाई एक थान हलो
काठमाडौँ। जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ ।
गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो ।
आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले कृषकलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।
पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ ।