image
श्रीलङ्काको वैदेशिक रोजगार विभागको ८२ लाख डलर राज्यकोषमा

श्रीलङ्काको वैदेशिक रोजगार विभागको ८२ लाख डलर राज्यकोषमा

काठमाडौँ, १०, माघ । श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ । सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो ।

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको रु तीन अर्ब राज्यकोषलाई  सोमबार हस्तान्तरण गरिएको बताइन् । रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम सङ्कलन भएको हो । 

राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिने तथा रु १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले  बताइन् । गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई तीन अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय ब्याङ्कले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।