बिटक्वाइनलाई प्रतिबन्ध लगाउने तयारीमा भारत
काठमाडौँ २ चैत । भारतले संसारकै महँगो क्रिप्टो करेन्सी बिटक्वाइनको प्रतिबन्ध लगाउने तयारी गरिएको छ। भारतको नयाँ कानुनअनुसार क्रिप्टोकरेन्सी खरिद गर्ने वा जेनेरेट गर्ने, व्यापार गर्ने, बेच्ने तथा ट्रान्सफर गर्नेलाई १० वर्ष जेल सजायँ हुन सक्ने बताएका छन् ।
भारतमा अहिले बिटक्वाइनमा लगानी निकै बढेको छ। सरकारले नयाँ कानुन लागू गर्न कम्तीमा ६ महिना लाग्ने र उक्त अवधिमा क्रिप्टोकरेन्सी होल्डरले आफ्नो लगानी फिर्ता लिने सक्नेछन्। त्यसका निम्ति उनीहरुले केही पेनाल्टी भने तिर्नुपर्ने हुन सक्छ। नयाँ बजेटमै यसबारे विधेयक ल्याउने चर्चा भए पनि सरकारले प्रतिक्रिया दिएको छैन।
शनिबार बिटक्वाइनले सबै पुराना रेकर्ड तोडेर ६० हजार डलर मूल्य पुर्याएको छ । संसारका ठूल्ठूला व्यवसायी अहिले यसमा लगानी गर्न थालेका छन्। अहिले एउटा बिटक्वाइनको मूल्य करिब ६९ लाख रुपैयाँ पुगेको छ।संसारका कतिपय मुलुकमा क्रिप्टोकरेन्सी बिटक्वाइनमा लगानीकर्ताहरु आकर्षित हुँदै गएको छन्। तर, त्यो लगानीबारे कुनै नियमकानुन छैन। नेपालमा पनि पछिल्लो समय बिटक्वाइनमा लुकेर लगानी गर्ने रहेको प्रहरीले बताएको छ।