image
image

५५ लाख बजेटमा बेनी–लम्भीहिल – भकुण्डे सडकको स्तरोन्नति  

काठमाडौँ २ चैत । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिर–लभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।पछिल्लो समय निकै चर्चामा आएको  प्रसिद्ध पर्यटकीयस्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि वडा नं २ भकुण्डेचौरस्थित वडा कार्यालयसम्म विस्तार गरिने वडाध्यक्ष हिराबहादुर थापाले बताए । 

अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभिर– लभ्लीहिल खण्डमा १८७ थान ग्याविन जाली, ४२० मिटर पक्की नाली, एक ठाउँमा क्रस र तीन हजार २०० मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी नीरज भण्डारीलाई जिम्मा दिइएको छ । विसं २०६७ मा ट्रयाक खुलेको साढे सात किमी दूरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि सडकको स्तरोन्नति हुन सकेको थिएन ।

पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ । यसपटक भने नाली निर्माण र ग्याविन पर्खालसहित स्तरोन्नतिको काम थालिएकाले स्थानीयवासी आशावादी बनेका छन् । सडकको स्तरोन्नति भएपछि पर्यटकीयस्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।