ट्राफिक नियम उल्लंघन गर्ने ८५० सवारीलाई कारवाही
लहान। विगत एक महीनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले कारवाही गरेको छ ।
गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रू. पाँच लाख १० हजार राजस्व संकलन गरिएको छ ।
ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए ।
ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उनले बताए ।