सफ्टवेयरको सोर्स कोड दुरुपयोग गर्ने ३ जना पक्राउ
काठमाडौँ २ चैत । आज सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।नेपाल प्रहरीले पक्राउ पर्नेमा लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवाली रहेको बताएको छ ।
प्रहरीका अनुसार उनीहरुले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको छ ।
त्यस्तै उनीहरुले प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्ने तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक रहको अनुसंधनबाट खुलेको छ ।