image
image

अब नेपालमै जापानिज खाना, दरबारमार्गमा खुल्यो माचुरी टोकियो रेस्टुरेन्ट

काठमाडौँ। नेपालमै बसेर जापानिज खानाको स्वाद लिन चाहने खाना पारखीहरुका लागि दरबारमार्गमा माचुरी टोकियो रेस्टुरेन्ट सञ्चालनमा आएको छ। करिब १ करोडको लगानीमा निर्माण गरिएको रेस्टुरेन्ट आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। 

'माचुरी' भनेको जापानिज भाषामा फेस्टिबल (पर्व) हो। जापानिज खानाको परम्परागत मूल्य र मान्यतालाई ध्यान दिएर जापानिज स्वादको परिकार उपलब्ध गराउनु यो रेस्टुरेन्टको विशेषता भएको रेस्टुरेन्ट सञ्चालक प्रकाश घिमिरेले बताए। 

यो रेस्टुरेन्टमा विशेषगरी जापानमा पाउने स्ट्रिट फुड पाउन सकिन्छ।  रेस्टुरेन्टमा जापानिज स्ट्रिट फुड, नुडल्स, करिब ७० परिकारका खानाको स्वाद लिन सकिन्छ। स्ट्रिट फुडअन्तर्गत थाकोयाकी, थेवासकेलगायत र मुख्य खाना सुसी, रामेनलगायत विभिन्न परिकारको मौलिक स्वाद लिन सकिन्छ। 

जापानमा जस्तो किसिमको स्वाद पाउने हो त्यही मरमसलाको प्रयोग गरी खानाको स्वाद यो रेस्टृुरेन्टमा पाइने घिमिरेको दाबी छ। हाल रेस्टुरेन्टमा करिब १६ जना कर्मचारी कार्यरत छन्। उनीहरूले जापानिज संस्कृति अनुसारकै लुगा लगाएर जापानकै तरिकाले खाना पारखीलाई स्वागत गर्दछन्। 

रेस्टुरेन्टमा न्यूनतम् १ सय रुपैयाँदेखि जापानिज खाना पाइन्छ। रेस्टुरेन्ट बिहान ११ बजेदेखि रातिको १० बजेसम्म खुल्ला रहनेछ । यो रस्टुरेन्टको अर्को मुख्य विशेषता भनेको खाराउके पनि हो। जापानिज संस्कृतिमा सुरु खाना खाएपछि गीत गाउने परम्परा रहेको छ। यसैलाई खाराउके भनिन्छ। जापानमा २० वर्षभन्दा बढी समय बिताइसकेका रेस्टुरेन्ट सञ्चालक घिमिरे त्यहाँ सिकेको कला, संस्कृतिलाई नेपालमा चिनाउने प्रयास स्वरुप माचुरी टोकियो सञ्चालनमा ल्याइएको बताउँछन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।