image
image

वैशाख अन्तिम देखि क्यान इन्फोटेक मेला शुरु हुने  

काठमाडौँ २ चैत । कम्युटर्स एशोसियन अफ नेपालले ‘क्यान इन्फोटेक २०२१’ आगामी २०७८ साल बैशाख २८ गतेदेखि जेठ २ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । उक्त मेलामा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल लगायतले सहभागित जनाउने भएका छन् ।

काठमाडौं सहित ७ प्रदेशको ९ स्थानमा मेला सञ्चालन गर्दै आएको महासंघले यो मेलाले बजार विस्तार गर्न, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न नयाँ उत्पादनहरु सार्वजनिक गर्न र ग्राहकसँग सम्वन्ध स्थापना गर्न सहयोग गर्ने विस्वास लिईएको छ  ।  प्राबिधिक कारण बस ढिलो हुने भएको उक्त मेलामा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धी रोजगार केन्द्र क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने बताएका छन् ।

त्यसैगरी प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्न सक्ने बताइएको छ ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।