आजबाट राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा
काठमाडौं । आजदेखि धितोपत्र बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । वार्षिक प्रतिवेदन र वित्तीय विवरण नेप्सेमा पेस नगरेको भन्दै कम्पनीको कारोबार गत माघ १८ गते देखि रोकिएको थियो ।आज कम्पनीको शेयर मूल्य करीब डेढ महीनापछि कारोबार खुला भएको हो ।
कम्पनीले आगामी दिनमा त्यस्ता विवरणहरु माग भए बमोजिम पठाउने प्रतिबद्धता गरेकाले रोक्का राखिएको धितोपत्रको कारोबार सञ्चालन गर्न अनुरोध गरेसँगै कारोबार फुकुवा भएको हो ।
कम्पनीले माघ २८ गतेको पत्रमार्फत वित्तीय विवरण पठाउन केहि ढिला भएको र कम्पनीको आव २०७५÷७६ को लेखापरिक्षण सम्पन्न गर्न करीब दुई महीना लाग्ने भनेर नेप्सेमा जानकारी गराएको थियो ।