image
image

चितवनमा चार चक्के मेशिनबाट धान रोपाइँ

काठमाडौँ । जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेशिन मगाएको थियो । रु २० लाख ९० हजारका दरले खरिद गरिएका दुई वटा मेशिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । मेशिन प्राप्त भएपछि शनिबारदेखि दुई दिन सोही मेशिनबाट धान रोपाइँ गरिएको थियो । 

परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेशिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने बताउनुभयो । “यो प्रविधि सस्तो र सरल छ”, उनले भने, “उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौँ ।” सहकारी संस्थामार्फत सञ्चालनमा आएको उक्त मेशिन देशमै पहिलो पटक हो । रासस  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।