image
image

नागरिक लगानी कोषको शेयर खरीदका लागि आज अन्तिम दिन 

काठमाडौँ २ चैत । नागरिक लगानी कोषको अवितरण हकप्रद शेयरमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । कोषले गत फागुन २१ देखि शेयर लिलामीमा विक्री खुल्ला गरेको थियो ।

कम्पनीले अवितरित ३ लाख ५४ हजार १५० दशमलव शून्य ५ कित्ता सर्वसाधारण तर्फको हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको भएपनि उक्त शेयर वितरण हुने नसकेको थियो ।हाल उक्त शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ रहेको छ । विक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, चितवन, बाग्लुङ, बुटवल, रुपन्देही, बाँके, वीरेन्द्रनगर, धनगढी, कैलाली, झापा, हेटौँडा, दाङ र महेन्द्रनगरको शाखा कार्यालयमा पनि बोलपत्र बुझाउन सकिनेछ । साथै, नागरिक लगानीकोषको नयाँ बानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरु विराटनगर र पोखरामा पनि बोलपत्र बुझाउन सकिनेछ ।

दोस्रो बजारमा आइतवार कोषको अन्तिम शेयरमूल्य रू. ४ हजार १२० कायम भएको छ । यो दिन कोषको शेयरमूल्य प्रतिकित्ता रू. १७५ ले घटेको हो । आइतवार ५१ अंकले घटेको बजारमा कोषको शेयरमूल्य पनि प्रभावित बनेको हो ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।