जार र बोतलको पानीमा अनिवार्य भ्याट लगाउन निर्देशन, उपभोक्ता मूल्य बढ्ने संकेत
काठमाडौँ २ चैत । संसदीय समितिले जार र बोतलमा पिउने पानी उत्पादन गर्ने उद्योगलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गराउन निर्देशन दिएको छ । त्यसैगरी प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चालु आर्थिक वर्षको अन्त्यसम्म भ्याटमा दर्ता भएर व्यवसाय सञ्चालन नगरे त्यस्ता कम्पनीको उत्पादन, वितरण र बिक्री रोक्न निर्देशन पनि दिएको छ ।
धेरै जसो कम्पनी भ्याटको दायरामा आएको नदेखिएकोले सरकारलाई यस्तो निर्देशन दिएको सभापति बिमलप्रसाद श्रीवास्तबको भनाइ छ । त्यस्तै पानीको मूल्य निर्धारण र ९० प्रतिशत पानी कम्पनीलाई करको दायरामा ल्याउन सरकारलाई सिफारिस गरिएको छ । व्यवसायीले भने पिउने पानीमा भ्याट लगाए उपभोक्ता मूलय पनि बढ्ने चेतावनी दिएका छन् ।
गत असारमा वाणिज्य विभागको कार्यदलले तोकेको पानीको मूल्यलाई समितिले स्वीकार गरेको छ भने उपत्यका बाहिरीको पानी उद्योगको हकमा पानीको मूल्य केही बढाउन पनि निर्देशन दिएको छ । पानी उद्योग भ्याटमा जाँदा उद्योगीलाई भन्दा पनि उपभोक्तालाई अतिरिक्त भार पर्ने नेपाल बोटल वाटर उद्योग संघका उपाध्यक्ष गोकर्ण सिलवालले बताएका छन् ।