image
image

 लन्डन स्टक एक्सचेञ्जमा ऋणपत्र जारी गर्दै निफ्रा

काठमाडौँ २ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । कम्पनीले यही आर्थिक वर्ष २०७७÷७८ भित्र ३० मिलियन डलरको ऋणपत्र सूचीकृत गर्ने भएको हो। निर्फाले लन्डन स्टक एक्सचेञ्जमा ऋणपत्र जारी गर्ने भएको हो ।

ऋणपत्र जारी गर्ने प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रियाका लागि सैद्धान्तिक स्वीकृति पनि दिईसकेको छ ।  सम्भवतः चालू आर्थिक वर्षभित्रै उक्त ऋणपत्र निष्कासन हुने बताइएको छ । ऋणपत्रबाट प्राप्त रकम नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकको योजना छ ।

आगामी पाँच वर्षका लागि सूचीकृत हुने ऋणपत्रका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताए। पाँच वर्षे अवधिको ऋणपत्रबाट प्राप्त प्रतिफललाई ठूला पूर्वाधार निर्माणमा लगानी गरिने छ। त्यस्तै कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि पनि ऋणपत्र जारी गर्ने तयारी गरिरहेको छ। वाणिज्य बैंकहरुले त्यस्तो ऋणपत्र खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी तयार गरिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।