उपभोक्ता सधैं मूल्यवृद्धिको मारमा
काठमाडौँ २ चैत-नेपालले उपभोक्ता अधिकार दिवस मनाउन थालेको दुई दशक नाघिसक्यो । यस वर्ष पनि ‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ आज सोमबार उपभोक्ता अधिकार दिवस मनाइँदैछ ।नेपालको संविधान २०७२ को मौलिक हकका रूपमा धारा ४४ मा उपभोक्ता अधिकारको ग्यारेण्टी गरिएको छ तर उपभोक्ताको अधिकार भने अझै सुरक्षित हुन सकेको छैन ।यो समाचार आजको करोबार दैनिकमा प्रकाशित छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको तथ्यांकले बजारमा कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी, म्याद नाघेका सामान खुलेआम बिक्री हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको देखाउँछ । खाद्यान्न, स्वास्थ्य, शिक्षा, खानेपानी, इन्धनलगायतका क्षेत्रमा दिनप्रतिदिन उपभोक्ता ठगिने क्रम रोकिएको छैन । हरेक क्षेत्रमा उपभोक्ताको अधिकार सुरक्षित नहुँदा वर्षमा एक दिन मनाउने दिवस केवल नारामै सीमित बन्ने गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को मौका छोपेर व्यवसायीले अधिकांश वस्तुमा अस्वाभाविक मूल्य बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्न गएको हो । बजारमा खाने तेल, चामल, दाल, चिनी, निर्माण सामग्री लगायतका दैनिक उपभोग्य वस्तुमा मूल्य बढेको छ । पछिल्लो समय बजारमा खाने तेलको मूल्य सबैभन्दा धेरै बढेको छ । पछिल्लो समयमा सबैभन्दा धेरै खाने तेलको मूल्य प्रतिलिटरमा ५० देखि ६० रुपैयाँ बढेको छ । भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा तेलको मूल्य बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको खाने तेलको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । बजार अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रभावकारी रूपमा बजारमा अनुगमन नगर्दा बजार व्यवस्थित हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
‘बजारमा खाने तेल चिनी, खाद्यान्न लगायतका वस्तुमा व्यवसायीले अस्वाभाविक मूल्य बढाउँदा पनि विभागले मूल्य नियन्त्रण गर्न सकेको छैन,’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले भने, ‘हरेक क्षेत्रमा उपभोक्ताको अधिकार हनन भइरहेकाले वर्षदिनमा मनाउने दिवसले कुनै औचित्य राख्दैन । पछिल्लो समय बजारमा खाने तेलमा अस्वाभाविक मूल्य वृद्धि भएको छ । दुई÷चार वटा उद्योगलाई कारबाही गरेर अन्यलाई उन्मुक्ति दिइएको छ ।’ बजार अनुगमन प्रभावकारी नहुँदा हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको उनको भनाइ छ ।
एक वर्षको अवधिमा बजारमा सबैभन्दा धेरै खाने तेल, मासको दाल, रहर दाल, मसुरोको दालको मूल्य बढेको छ । विभागका प्रवक्ता शिवराज सेढाईले बजार अनुगमन गरी अस्वाभाविक मूल्य बढाउने व्यवसायीलाई कारबाही गरेको बताए । मूल्य, गुणस्तर, नापतौलमा उपभोक्तालाई हानिनोक्सानी हुने खालका गैरव्यवसायी क्रियाकलाप गर्ने व्यवसायीलाई कानुनले तोकेअनुसारको कारबाही गरिएको उनको भनाइ छ । ‘खुला बजारमा आधारित अर्थतन्त्र भएकाले यसमा प्रतिस्पर्धा र अर्थशास्त्रीय नियमन आकिर्षत हुनेगर्छ,’ उनले भने, ‘बजारमा मूल्यवृद्धि प्राकृतिक वा कृत्रिम हो भनेर अध्ययन गर्न केही समय लाग्ने गर्छ ।’
विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म २ हजार ४ सय ३९ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ । अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको फेला परेपछि ८ सय १२ व्यावसायिक फर्मलाई कारबाही गरेको विभागले जानकारी दिएको छ । सो अवधिमा १ करोड ९२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा ३ करोड ७३ लाख १५ हजार ३ सय ९२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद नाघेका सामान नष्ट गरेको विभागले जानकारी दिएको छ । २९ वटा व्यावसायिक फर्मको कारोबार गरिएको र १७ वटा नमुना परीक्षणका लागि लिएको विभागले जानकारी दिएको छ । १ हजार दुई सय २५ व्यवसायमा सामान्य कैफियत देखिएको सुधार गर्न निर्देशन दिएको विभागले जानकारी दिएको छ ।