image
image

चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

काठमाडौँ, २४, पुस । चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड–१९ को संक्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ । चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चीनको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

सो समाचारअनुसार चीन सरकारले हाल त्यहाँ विस्तारित भएको सो संक्रमणको  नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लागाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउनुपर्ने जनाइएको हो ।

सो प्रोटोकलअनुसार यहाँको कोभिड नियन्त्रण सम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ । सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरुलाई पनि दोस्रो मात्रा दिइनुपर्ने सो विभागले जनाएको छ ।

यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफै सतर्क र सजग हुनुपर्नेमा पनि जोड दिइएको सो समाचारमा जनाइएको छ । सो प्रोटोकलअनुसार यहाँका स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएका मानिसहरुको खोजी गरी सो खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरुलाई सो खोप लगाएको छ महिनापछि अर्काे मात्रा लगाइने जनाएका हुन् ।

त्यसैगरी व्यक्तिगत रुपमा यो महामारीको नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरुले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या सरसफाई रहनुपर्नेमा पनि जोड दिइएको छ ।

पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोनाका संक्रमितहरु बढिरहेको बताइएको छ । त्यसपछि चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।