नेपालीको बचत क्षमतामा ह्रास : एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च
काठमाडौँ। कोभिड १९ का कारण लामोसमयसम्म बन्दबन्दी भई आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ । अधिकांसले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।
राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९/२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो ।
विभागले आधार वर्ष २०१०/११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८/१९ मा ८४.३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९/२० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ।