image
image

साउनदेखि निक्षेप बीमा

काठमाडौं । आगामी साउन १ गतेदेखि बैंक तथा वित्तीय सस्ंथामा रू. २ लाखसम्म जम्मा गर्ने बचतकर्ताको निक्षेप सुरक्षित हुने भएको छ । नेपाल निक्षेप बीमा तथा कर्जा सुरक्षण निगमको पहलमा यो सुविधा सुरु हुन लागेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

सरकारले आर्थिक वर्ष २०६६–६७ को बजेटमा रू. २ लाखसम्मको बचत तथा मुद्दती निक्षेपको अनिवार्य बीमा हुने व्यवस्था गर्ने उल्लेख गरेको यिो । सरकारले कम चासो देखए पनि निगमले आफ्नो प्रबन्धपत्र र नियममावलीमा भएको अधिकार प्रयोग गरी सर्वसाधारणको निक्षेप सुरक्षित गर्न लागेको निगमका महानिर्देशक जगदीश चालिसेले बताए । निगम नाफामुखी नभई सेवामुखी भएकाले यस कार्यबाट संस्थालाई कुनै फाइदा नहुने भए पनि काम अघि बढाइएको उनको भनाइ छ ।

यो योजनामा निक्षेपको बीमा गर्न आवश्यक प्रिमियम सम्बन्धित बैंकहरूबाट नै उठाउने हुनाले बचतकर्तालाई थप आर्थिक भार नपर्ने महानिर्देशक चालिसे बताउँछन् । यस विषयमा बैंकहरू पनि सकारात्मक भएकाले यसपटक निगम आफ्नो योजनामा सफल हुने उनको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।