घट्यो विद्युतीय सवारीसाधानको आयात
काठमाडौँ २९ फागुन । पछिल्लो समय विद्युतीय सवारीको आयात घटेको द्खेखिएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो ७ महिनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६० प्रतिशतले बढेको छ ।
डिजेल तथा पेट्रोलबाट चल्ने सवारी विस्थापित गर्न विद्युतीय सवारी जोड दिँदै यस अवधिमा कुल २ हजार ५१ विद्युतीय सवारी साधन आयात भएका छन् । यसमा १०३ वटा मात्र विद्युतीय जिप, कार भ्यान आयात भएको छन् भने बाँकी तीनपांग्रे अटोरिक्सालगायत सवारी आयात भएको विभागको तथ्यांकले देखाएको हो ।
अघिल्लो वर्ष कुल ४ हजार २०४ विद्युतीय सवारीसाधन आयात भएका थिए । अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अनुसार अघिल्लो वर्षको पहिलो ६ महिनाको अवधिमै ६ सयभन्दा बढी जिप, कार र भ्यान आयात भएका थिए । तर, सातौं महिनाको तथ्यांक भने नाडासँग पनि इ–रिक्सासहितको मिश्रित तथ्यांक नै छ ।
सरकारले विद्युतीय सवारी आयातमा गरेको कर वृद्धिका कारण पछिल्लो समय विद्युतीय सवारीको आयात घटेको नाडाका महासचिव सुनील रिजाल बताएका छन् ।