नेपालमा जाम्बियाको वाणिज्य दूतावास सञ्चालनमा
काठमाडौँ २९ फागुन- अफ्रिकी मुलुक जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ । नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित स्थापन गरिएको दूतावास व्यवसायी ई.देशबन्धु बस्नेत (अजित) लाई नियुक्त गरिएको छ ।
नवनियुक्त वाणिज्यदूत बस्नेतलाई जाम्बियाको भारतस्थित नेपाल हेर्ने राजदूत जुडिथ के.के. क्याङगोमा कपीजिंगपाङ्गाले विशेष कार्यक्रमबीच काठमाडौंस्थित वाणिज्य दूतावास कार्यालयका लागि झण्डा, लेटलहेड, स्ट्याम्प लगायत कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी छिन् ।
त्यस्तै बस्नेतले आगामी दिनमा जाम्बिया र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताएका छन् ।
द्विपक्षीय सहायता तथा सहयोगमा काम गर्ने उदेश्यका साथ संचालनमा ल्याईएको दूतावासले व्यापार, आयातनिर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौँ क्रियाकलापमा विशेष सुविधाको उपयोग गर्न पाइने उल्लेख छ ।