image
image

तनहुँमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, २३, मंसिर । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।  यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख पाँच हजार पाँच सय ५५, दोस्रोलाई रु एक लाख १५ हजार पाँच सय ५५ सहित प्रमाणपत्र, मेडल र कप प्रदान गरिने क्लबका सचिव सुमन बस्नेतले जानकारी दिए ।

अनुशासित टोलीलाई रु आठ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिनेछ  ।  उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय र म्यान अफ द म्याचमा रु एक हजार पाँच सय तथा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खुला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगितामा १५ टोलीले दर्ता गरिसकेको क्लबका उपाध्यक्ष कृष्णबहादुर दरैले जानकारी दिए ।

विसं २०५५ मा दर्ता भएको यस क्लबले समाजमा स्वास्थ्य, सरसफाइ, शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै खेलकूदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता व्यास–३ बिपी वनबाटिकामा हुने आयोजक समितिले जनाएको छ । 

प्रतियोगितामा रु नौ लाख सत्ताइस हजार एक सय दश खर्च हुने र रु आठ लाख सात हजार एक सय दश अपुग रहेको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिए । उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, आमा समूह, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको उनले बताए । प्रतियोगितामा सहभागी हुन चाहनुहुने टोलीले मङ्सिर २८ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।