१३ लाख कित्ता एफपीओ जारी गर्दै किसान लघुवित्त
काठमाडौँ २९ फागुन- किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता एफपीओ जारी गर्ने भएको छ। पहिले जारी गर्दा बाँकि रहेको १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ जारी गरेर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
१० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्त कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता सेयर रहेको छ।
त्यसैगरी कम्पनीको सेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो। ३९ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गराउन सफल उक्त लघुवित्तल कम्पनीले एफपीओ बिक्री गर्न मर्चेन्ट कम्पनीको खोजी सुरु गरिसकेको छ।