image
image

अब गुगल क्रोममा थोरै र्‍यामको प्रयोगमै छिटो पेज खुल्ने

काठमाडौँ २९ फागुन । गुगलको नयाँ भर्सन ८९ सर्वजनिक भएको छ जसले म्याकबुकलाई कुल राख्नुका साथै विन्डोजमा मेमोरीको खपत कम गर्ने गुगलले बताएको छ ।

गुगलका अनुसार अब क्रोमले थोरै रिसोर्स प्रयोग गर्नेछ भने, छिटो खुल्नुका साथै अझ प्रभावकारीसमेत हुने छ । तर, यी सुविधा आईओएस अर्थात आईफोनमा उपलब्ध छ वा छैन भन्ने विषयमा भने गुगलले केही बताएको छैन ।

कम्पनीका अनुसार म्याकओएसमा नयाँ भर्सनको क्रोमले यसअघि भन्दा २० प्रतिशत कम मेमोरी खपत कम गर्नेछ । त्यस्तै विन्डोजका लागि ब्राउजरले एड्भान्स मेमोरी एलोकेटर प्रयोग गरिएकाले ब्राउजिङ प्रोसेसमा २२ प्रतिशतसम्म मेमोरी खपत कम गर्ने बताइएको छ ।त्यसैगरी रेन्डरमा ८ प्रतिशत र जीपीयूमा ३ प्रतिशत मेमाेरी खपत कम गर्नेछ । जसले गर्दा समग्रमा ब्राउजरको रेस्पोन्सिभनेस ९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै एन्ड्रोइडमा ब्राउजरले ५ प्रतिशत कम मेमोरी खपत कम गर्नेछ भने, ब्राउजर खुल्ने समय ७.५ प्रतिशत छिटो र पेज लोड हुन लाग्ने समय १३ प्रतिशत कम भएको छ ।  
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।