दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल, वार्षिक १२ अर्ब नगद प्रवाह
काठमाडौँ २९ फागुन- पछिल्लो समय नेपाल दुध उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास सफल हुँदै गएको छ । हाल आत्मनिर्भर हुने क्रममा रहेको दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक रु पाँच करोड तथा वार्षिक रु १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह हुने गरेको छ ।
डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । त्यसैगरी विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताए ।
नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी उद्योगमा रु ३० अर्बको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध रहेका छन् । त्यस्तै हाल नेपालमा दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ ।