image
image

चीनमा फेरि बढ्दै कोरोनाको प्रकोप, एकैदिन करिब ३३ हजारमा संक्रमण

काठमाडौँ, ९, मंसिर ।चीनमा फेरि कोरोनाको प्रकोप बढ्दै गएको छ।

नोभेम्बर २५ मा जारी गरिएको तथ्यांकअनुसार चीनमा पछिल्लो २४ घण्टामा ३२ हजार ९४३ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा लगातार दोस्रो दिन ३० हजारभन्दा बढी कोभिडका केस आएका छन्। हिजो ३१ हजार ४४४ जनामा कोरोना पुष्टि भएको तथ्यांक सार्वजनिक थियो। हिजोको तुलनामा आज थप १ हजार २८७ जनामा पोजिटिभ देखिएको छ।

चीनमा लामो समयदेखि शून्य कोभिड नीति लागू भइसकेपछि पनि कोरोनाका बिरामी बढिरहेका छन्। चीनमा जाडो बढ्दै जाँदा संक्रमितको संख्या बढ्दै गएको छ। यसपछि बेइजिङलगायत धेरै सहरमा लकडाउन गरिएको छ। 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार तथ्यांक सार्वजनिक गर्दै चीनमा २४ घन्टामा ३१ हजार ४४४ केस दर्ता भएको जनाएको छ। यसअघि अप्रिल १३ मा सांघाईमा लकडाउनका क्रममा सबैभन्दा बढी २९ हजार ३१७ जनामा संक्रमण देखिएको थियो। 

यसबाहेक बेइजिङमा पनि कोरोनाले चिन्ता बढाएको छ। त्यहाँको चाओयाङमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। 

चीनको लगभग सम्पूर्ण जनसंख्यालाई खोप लगाइसकेको छ। यद्यपि फेरि कोरोनाका केसहरु बढिरहेका छन्। 

तथ्यांकअनुसार चीनमा करिब ९३ प्रतिशत मानिसलाई खोप लगाइएको छ। जसमध्ये ९१ प्रतिशत पूर्ण खोप लगाएका छन्। यसबाहेक ५८ प्रतिशतले थप डोज लिएका छन्।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।