image
विश्वकपमा आज पनि चार खेल, सर्वियाले ब्राजिलको सामना गर्ने

विश्वकपमा आज पनि चार खेल, सर्वियाले ब्राजिलको सामना गर्ने

काठमाडौँ, ८, मंसिर ।  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् ।

समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अल जानोबल स्टेडियममा सुरु हुनेछ । आजको दोस्रो खेल समूह एचमा रहेको उरुग्वे र दक्षिण अफ्रिकाबीच बेलुका पौने ७ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।

समूह एचमै रहेका पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । यस्तै समूह जीमा रहेका ब्राजिल र सर्बियाबीच मध्यराति पौने १ बजे खेल सुरु हुनेछ । यो खेल लुसेन आइकोनिक स्टेडियममा हुनेछ ।

आजको खेलपछि विश्वकपमा सहभागी ३२ वटै टिमको एक-एक खेलको समीकरण पूरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।