image
image

विश्वकप फुटबलमा आज चार खेल

काठमाडौँ, ६, मंसिर । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेयिबासँग भिड्न लागेको हो ।

अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  आजको खेलमा सहज जित निकाल्दै अर्जेन्टिना प्रतियोगितामा आफूलाई बलियो साबित गर्ने योजनामा छ । यता साउदी अरेबिया पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो साबित गर्ने योजनामा छ ।

आज नै हुने समूह समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै मंगलबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज हुने अन्तिम खेलमा साबिक विजेता फ्रान्सले अस्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।