image
image

एक महिनामा भित्रियो ९४ अर्ब रेमिट्यान्स

काठमाडौँ, ३०, कार्तिक । चालु आर्थिक वर्षमा विप्रेशण (रेमिट्यान्स)को बढ्दो दरमा देखिएको छ । असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिना (साउन-असोज)मा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको असेज महिनासम्मको विवरणअनुसार यो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भएर १ लाख ४७,९३२ पुगेको छ ।  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले बढेर ५७,८६१ पुगेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले बढेर ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।