सपिङ पोर्टल अलिबाबालाई एक अर्ब डलर जरिवाना
काठमाडाैं २८ फागुन । चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबालाई झण्डै एक अर्ब डलर जरिवाना गरिने भएकाे छ। एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा जरिवाना गरिन लागिएकाे हाे। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएको आरोपमा जरिवाना तोकिएको हो ।
अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन्। चीनको पूर्वी शहर हान्झाउमा रहेको अलिबाबा कम्पनीले गत महिना राज्य प्रशासनका अधिकारीहरुलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो।
अधिकारीहरुले अलिबाबाले आर्जन गरेको सम्पत्ति अन्य असम्बन्धित क्षेत्रमा प्रवाह गरिरहेको छ छैन भन्ने खोजी गरिरहेका छन्। अलिबाबाका प्रवक्ताले उक्त घटनाका बारेमा पनि केही बताउन चाहेका छैनन् ।