प्राइम कमर्सियल बैंकको ऋणपत्र विक्रीमा
काठमाडौँ २८ फागुन । प्राइम कमर्सियल बैंकले आज शुक्रबार देखि ऋणपत्र विक्री खुल्ला गरेको छ । बैंकले यस अघि फागुन १९ गतेदेखि निष्कासनको मिति तय गरेको भएपनि प्राविधिक कारणबस मिति सारेको बताएको छ ।
बैंकले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ३५ लाख कित्ता ऋणपत्र प्रति ऋणपत्र रू. १ हजारमा विक्री गर्न लागेको हो । कुल कित्तामध्य २१ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने १४ लाख कित्ता सार्वजनिक निष्कासनमा ल्याएको छ । त्यसैगरि बैंकले सर्वसाधारणका लागि छुट्याईएको मध्य ५ प्रतिशतका दरले ७० हजार कित्ता ऋणपत्र भने बैंकले सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।
विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको उक्त बैंकको ऋणपत्र आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाखकित्तासम्म माग गर्न सकिनेछ । यस ऋणपत्रका छिटोमा फागुन २३ र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिने विक्री प्रबन्धकको भनाई छ ।