शनिबार स्वरोजगार लघुवित्तको साधारण सभा हुदैं
काठमाडौँ २८ फागुन । स्वरोजगार लघुवित्तको १२औं वार्षिक साधारण सभा शनिबार हुने भएको छ । लघुवित्तले भोलि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्न लागेको हो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांश पारित गर्ने बताईएको छ । यस वर्ष कम्पनीले १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
चुक्तापूँजी रू. ३६ करोड ५९ लाख ३७ हजार रहेको उक्त लघुवित्तले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ देखि फागुन २८ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।