image
image

तरलता घट्दा ब्याजदर बढ्ने संकेत 

काठमाडौँ २८ फागुन- कोरोना महामारीका कारण लामो समयदेखि वित्तीय प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) मा कमी आउन थालेको छ । कोरोनको त्रास कम हुँदै जाँदा मुलुकको आर्थिक गतिविधि लयमा फर्किन थालेकाले कर्जाको माग बढेको हो ।

राष्ट्र बैंकका अनुसार  हाल वित्तीय प्रणालीमा करिब साढे ४३ अर्ब रुपैयाँ अधिक तरलता छ । दुई महिनाअघिको तुलनामा यो निकै कम हो । गत चैत यताका प्रायः महिनामा अधिक तरलता डेढ देखि २ खर्बको हाराहारीमा थियो । यसरि कर्जा माग (प्रवाह) बढेको र सो अनुपातमा निक्षेप संकलन (स्रोत) बढ्न नसक्दा ब्याजदर बढ्ने संकेत देखिएको हो। त्यस्तै रेमिट्यान्स आप्रवाह अपेक्षित रूपमा नघटेको, आयात बढेको, कर्जा माग बढेकोलगायत कारण वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा कमी आएको जानकारहरू बताउँछन् ।

त्यसैगरी अन्तरबैंक ब्याजदर धेरै हुँदा तरलता संकुचन र कम हुँदा अधिक तरलता धेरै रहेको बुझिन्छ । यसअघि लामो समय तरलता अधिक रहेकाले अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा कम थियो । यही फागुन १६ सम्म पनि भारित औसत अन्तरबैंक दर ०।५ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्यांक छ । त्यसपछि मात्र सो ब्याजदर बढ्न थालेको हो ।

 गत बुधबारसम्म अन्तर बैंक ब्याजदर करिब ३ प्रतिशत पुगेको छ । ब्याजदरसँगै अन्तरबैंक कारोबार पनि बढेको छ । जसअनुसार गत बुधबार वाणिज्य बैंकबीच करिब २५ अर्ब रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । ‘चालु आर्थिक वर्षभर नै अन्तर बैंक ब्याजदर ०।५ प्रतिशतभन्दा कम थियो,’ स्रोतले भन्यो, ‘पछिल्ला चाररपाँच दिनमा यो दर एक्कासि बढेर ३ प्रतिशत पुग्यो । यसले पनि अब छिट्टै ब्याजदर बढ्ने देखाउँछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।